सङ्खुवासभा । जिल्लाको खाँदबारी, चैनपुर, धर्मदेवी, पाँचखपन र मादि नगरपालीकामा मतगणनाको कार्य धमाधम भैरहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरि चिचिला गाउँपालीका, सभापोखरी, शिलिचोङ्ग र मकालु गाउँपालीकामा मतगणना कार्य भैरहेको छ भने भोटखोला गाउँपालीकामा मतगणनाको कार्य अव शुरु गरिने जनाईएको छ ।
खाँदबारी नगरपालीकाको हालसम्मको मतगणना अनुसार नेपाली काँग्रेस र नेकपा एमाले बिच कडा प्रतिस्पर्धा देखिएको छ ।
समाचार तयार पर्दासम्ममा संखुवासभा जिल्लाको हालसम्मको नतिजा सावजर्निक भएकोमा निम्नानुसार निम्नानुसारको क्षेत्रमा विजयी भई सकेका छन् ।
१. खाँदबारी नगरपालीका वडा नं १० को अध्यक्षमा नेपाली काँग्रेस का केशव थापा ५७५ मतल
२. खाँदबारी नगरपालिका वडा नं. ११ मा एमालेका नगेन्द्र गुरुङ नेपाली काँग्रेसका ३६२ मत ल्याई प्यानलविजयी
३. खाँदबारी नगरापालिका वडा नं. २ मा पनि ने.कपा. एमालेबाट नै ३३९ मत ल्याई विजयी
४. सिलिचोङ गाउँपालिका वडा नं. १ मा नेकपा माओवादीका आलक्ष कुलुङ विजयी
५. सिलिचोङ गाउँपालिका वडा नं. २ नं. नेपाली काँग्रसबाट मोहन शम्सेर राई ४३० मत ल्याई विजयी
हालसम्मको मतपरिणाम अनुशार सङ्खुवासभाको मुख्य आकर्षणको रुपमा रहेको खाँदबारी नगरपालीकाको मेयर पदका उम्मेदवार महेश थपलियाले १ हजार १ सय ८१ .मत प्राप्त गर्नूभएको छ भने नेकपा एमालेका उम्मेदवार मुरारी प्रसाद खतिवडाले १ हजार २ सय २९ .प्राप्त गर्नूभएको छ । त्यसैगरि नेपाली काँग्रेसका तर्फबाट उपमेयरका उम्मेदवार निरुता तामाङ्ग बस्नेतले १ हजार २ सय ४६ मत प्राप्त गर्नूभएको छ भने नेकपा एमालेका तर्फबाट उपमेयरका उम्मेदवार डेगेश्वरी श्रेष्ठले १ हजार १ सय ९६ मत प्राप्त गर्नूभएको छ ।
यसै बिच पाँचखपन नगरपालीका वडा नं. १ मा प्यानलस सहित नेपाली काँग्रेसले बिजय हासिल गरेको छ । त्यसैगरि पाँचखपन नगरपालीका वडा नं. २ मा पनि नेपाली काँग्रेका उतम दाहाल अध्यक्ष पदमा बिजयि भयेको समचार प्राप्त भएको छ भने उक्त वडाका सदस्यहरुमा एमाले प्यानल नै बिजयी भएका छन् ।
हालसम्म सम्पन्न गणनाअनुशार पाँचखपन नगरपालीकामा नेपाली काँग्रेसका उम्मेदवार बिपिन राईले ९ सय १५ र एमाले उम्मेदवार मानसिंग पोख्रेलले ७ सय १९ मत प्राप्त गरेका छन् । त्यसैगरि उपमेयरमा काँग्रेसका उम्मेदवार सिता श्रेष्ठ ७ सय १२ र नेकपा एमालेका भिमा राईलाई ८ सय ३६ मत पप्त भएको जनाईएको छ । यसैबिच मादी ९ मा कांग्रेस प्यानल नै बिजयी भएको खबर प्राप्त भएको छ । मतगणना भैरहेका चैनपुर, धर्मदेवी, मादी, र पाँचखपन नगरपालीकामा काँग्रेस र नेकपा एमाले बिच कडा प्रतिश्पर्धा रहेको छ ।
प्रतिक्रिया