गीति एल्बम ‘महासागर’ बजार ल्याउने तयारी अन्तिम




काठमाण्डौ । गीतकार तथा साहित्यकार पदम साधना कुलुङको गीति एल्बम ‘महासागर’ बजारमा आउन लागेको छ । आधुनिक गीतहरु समावेस गरेर तयार पारिएको सो एल्बममा देशका ख्यातीप्राप्त गायक गायिकाको स्वर रहेको छ ।

रिलिजको अन्तिम तयारिमा रहेको महासागर एल्बममा पाँच वटा गीतहरु समाबेश गरिएको छ । एल्बममा चर्चित कलाकारहरु आनन्द कार्की, मेलिना राई, किरण भुजेल, श्रेयशी चेम्जोङ्ग, युबराज चौलागाई र सुरज कुमार थापाले स्वर भरेका छन भने संगीत र एरेञ्ज पावल चाम्लिङ्गको रहेको छ । सबै तयारी सकिएको यो एल्बम अब केही दिनमा नै श्रोतामाझ ल्याउने कलाकार पदम साधना कुलुङले जानकारी दिनुभयो ।

गीतकार कुलुङ सानै उमेरमा साहित्य क्षेत्रमा कलम चलाएका थिए । कुलुङले १४ बर्सको उमेरमा नै ‘अनाथ’ नामक उपन्यास लिएर पाठक माझ उदाएका थिए । त्यस्पछी ‘पापी समाज’ र ‘प्रेमको आंशबण्ड’ जस्ता कृतिले कुलुङको उचाई बढाएको थियो । तीन दर्जन भन्दा बढी गीत लेखिसकेका गीतकार कुलुङले आफ्नै शब्द र स्वरमा २०६८ सालमा ‘फेसबुक’ नामक गीति एल्बम बजारमा ल्याएका थिए ।

जुन एल्बममा समाबेश गरिएको गीत ‘फेसबुक’ र ‘धरान बजार’ले राम्रै सफल्ता चुम्यो । पुर्बेली चर्चित गायिका लिला राईले समेत स्वर दिएको यो गितहरुले पुर्वेली संगीतको क्षेत्रमा केही ईटा थपेको छ । अब आउन लागेको एल्बममा समावेश गरिएको गीतहरुले पनि उत्कृष्ठता पाउने अपेक्षा रहेको कुलुङले बताउनुभयो ।

सम्बन्धित समाचार