खाँदबारी । डिप्लोमा ईन्जिनियर्स एशोसिएसन नेपाल (डिन) जिल्ला कार्य समिति संखुवासभाको चौथो जिल्ला अधिवेशन सुरु भएको छ । केन्द्रीय पदाधीकारहरुको बाक्लो उपस्थितीमा खाँदबारीमा अधिवेशनको आज उद्घाटन गरिएको हो ।
अधिवेसनले नयाँ जिल्ला कार्य समितीको चयन गर्ने छ । चौथो अधिवेसनको अवसरमा विकट क्षेत्रमा रहेर इन्जिनियरिङ क्षेत्रमा योगदान पु¥याएको भन्दै डिन संखुवासभाका सदस्य तथा भोटखोला गाउँपालिकाका प्राविधिक फिन्जुम भोटेलाई सम्मान गरिएको छ । त्यस्तै सेवा निबृत्त ईञ्जिनियर जगदिश प्रसाद मण्डललाई पनि सम्मान गरिएको छ ।
डिन संखुवासभाका अध्यक्ष यदुमणी निरौलाको अध्यक्षतामा आयोजित अधिवेसनमा डिनका केन्द्रीय अध्यक्ष कामेश्वर प्रसाद सिं, उपाध्यक्ष, राम श्रवण चौधरी, महासचिव जिवन घिमिरे लगायतका पदाधीकारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ लगायत जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख लगायतका पदाधीकारीहरुको पनि उपस्थिती रहेको थियो । त्यस्तै, राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, विभिन्न संघसंस्थाका पदाधीकारीहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष तथा खाँदबारी एफ एमका अध्यक्ष सरोजकुमार बज्राचार्य, उद्योग बाणीज्य संङ संखुवासभाका प्रथम उपाध्यक्ष कृष्ण भगत प्रधान, खाँदबारी नगरपालिकाका कार्यबाहक प्रमुम प्रसासकिय अधिकृत दिनेश कट्टेलले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
त्यस्तै, राजनितक दल तर्फ नेपाली कांग्रेस संखुवासभाका सभापति दिपन कुमार श्रेष्ठ र नेकपाका नेता खड्गबहादुर राईले पनि शुभकामना मन्तब्य दिनुभएको थियो । जनप्रतिनिधी तर्फ सभापोखरी गाउँपालिकाका उपाध्यक्ष सिता दाहाल, चैनपुर नगरपालिकाका उपमेयर मुना श्रेष्ठ, सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङ र खाँदबारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडाले पनि शुभकामना मन्तब्य दिनुभएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै विशिष्ट अतिथीको रुपमा उपस्थित पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले डिप्लोमा तहका ईन्जीनियरहरुले भौतिक पुर्वाधार क्षेत्रमा पुराएको योगदानको कदर गर्नुभयो ।
प्रतिक्रिया