महाकुलुङ गाउँपालिकाको पहिलो बैठक सम्पन्न, यी हुन् बैठकका निर्णयहरु



सोलुखुम्बु । सोलुखुम्बु स्थीत महाकुलुङ गाउँ पालिकाको पहिलो बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष सागर किराँतीको अध्यक्षतामा आईतबार सम्पन्न भएको बैठकले विभिन्न दश निर्णयहरु पारित गरेका छन् ।

बैठकले राजपत्रमा प्रकाशन हुँदा गाउँपालिकाको नाम ‘माहाकुलुङ’ भएकोलाई सच्याई ‘महाकुलुङ’ बनाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेका छन् । त्यस्तै, गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरुमा कुलुङ भाषी सेवाग्राहीको सहजताका लागि कुलुङ भाषालाई पनि सरकारी कामकाजी भाषाको रुपमा मान्यता दिने निर्णय गरेका छन् ।

बैठकले वडा नं. ३ का वडा अध्यक्ष टेकबहादुर कुलुङ र ४ का अध्यक्ष जयकुबीर कुलुङ सदस्य रहने गरि पालिका उपाध्यक्ष बिपना कुलुङको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको छ । त्यस्तै, आगामी शैक्षिक बर्षबाट महाकुलुङ गाउँपालिकामा कुलुङ भाषाबाट अध्यापन गराउन सम्भाब्यताको अध्ययन गर्ने, गाउँपालिकाको आन्तरिक श्रोतहरुको पहिचान गरि १५ दिन भित्र वडा अध्यक्षहरुले गाउँपालिका अध्यक्ष सामु पेश गर्ने लगायतका निर्णय गरेका छन् ।

सम्बन्धित समाचार