प्रतिकूल मौसमका बाबजुद पनि फाइनल खेल सम्पन्न भएको हो ।
फाइनल खेलमा संखुवासभाले सुनसरीलाई २५-१७, २५-१७ र २५-१६ को सोझो सेटमा पराजित गरेको थियो ।
संखुवासभाले उपाधिसँगै एक लाख रुपैयाँ, कप, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सुनसरीले ५० हजार रुपैयाँसहित कप, पदक र प्रमाणपत्र हात पारेको छ ।
विजेता र उपविजेता टिमलाई प्रदेशसभाका सदस्य इन्द्रमणि पराजुली, कुसुम कुमारी श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । विभिन्न विधाका उत्कृष्ट पाँच जनालाई पनि नगदसहित पुरस्कार वितरण गरिएको थियो ।
रेडियाे संखुवासभा
प्रतिक्रिया