सिंगापुरमा पानीजहाजमा काममा लाने भनी ठगी गरेको भन्दै पीडितहरुले शुक्रबार काठमाडौं ओभरसिज बालुवाटार घेराउ गरेका छन् ।
३०० जनाभन्दा बढीबाट १० करोड रुपैयाँ रकम उठाएर सिंगापुर लैजाने भनी आफूहरुलाई नपठाएको भन्दै पीडितहरुले प्रहरीमासमेत उजुरी गरेका छन् ।
प्रहरीले ‘क्रुज’मा काम गर्नका लागि भन्दै तालिममा पठाएवापत पैसा लिएको भनिएका प्रविन पौडेललाई पक्राउ गरी हिरासतमा राखिसकेको छ ।
मेनपावरमार्फत् एजेन्टहरुले ६ देखि ७ लाखसम्म पैसा लिएर अन्तिममा नपठाइ बिचल्ली पारेको भन्दै पीडितहरुले न्यायको माग गरेका छन् ।
यता, मेनपावका प्रबन्ध निर्देशक प्रदीप पौडेलले भने विदेश जान चाहनेहरुले बुझाएको पैसा र एजेन्टकाबारेमा आफूहरुले अध्ययन गरेको र कसैलाई समस्यामा पार्न नचाहेको बताए ।
प्रतिक्रिया