दृष्टि विहिनहरुको कथा पदमको शब्द र मेनुकाको आवाजमा (भिडियो सहित)




संखुवासभा । पछिल्लो समयमा एक पछि अर्को गीत सार्वजनिक गरिरहेको युवा गीतकार पदम साधना कुलुङको अर्को गीत बजारमा आएको छ । नेपाल आइडल सिजन १ बाट चर्चामा आएकी गायिका मेनुका पौडेलको स्वरमा ‘यो दृष्टिले तिमीलाई’ बोलको गीत सार्वजनिक गरिएको हो ।

संगीतकार हरी लम्सालको संगीत रहेको उक्त गीतको भिडियो अनुप चापागाईंले निर्देशन गरेका हुन् । रिमा काउचा मगर, मिनुज राना मगर र दिपेन गौतमको अभिनय रहेको उक्त भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ भने सम्पादन बिकास दाहालले गरेका हुन् ।

गीत र भिडियोमा दृष्टिविहिनहरुको दैनिकि देखाईएको छ । भिडियो मार्फत दृष्टि विहिन गृहणीलाई उनको जीवनसाथीले दिने माया दर्शकलाई देखाईएको छ । अन्य सामान्य नागरिक सरह नै अपांगहरुलाई माया र अवसर दिए सहज रुपमा जिवन यापन हुने उत्त गीत मार्फत देखाउन खोजीएको छ । त्यसो त गायीका मेनुका पौडेल पनि दृष्टि विहिन हुन् । हेरौं उक्त गीतको भिडियो ।

सम्बन्धित समाचार