अदुवाको मुल्य अहिलेसम्मकै उच्च, किसान हर्षित



धरान । नेपाली अदुवाले अहिलेसम्मकै उच्च मुल्य पाएको छ । गत बर्ष सन्तोषजनक मात्र मुल्य पाएको अदुवाले यसपाली भने उच्च पाएको छ ।

आफ्नो उत्पादनले उच्च मुल्य पाएपछि किसानहरु उत्साहित छन् । अदुवाको मुल्य प्रतिमन ८ हजार बढी पुगेको छ । यो गत वर्षको तुलनामा दुई गुणा बढी हो । थोक बजारमा अदुवाको मुल्य प्रतिकेजी २ सय १० रुपैयाँसम्म पुगेको छ । खुद्रा मुल्य प्रति पावा ६० रुपैयाँ छ । यसपटक उत्पादनमा भने ५० प्रतिशत कमी छ । अदुवाका किसानले पटक–पटक घाटा व्यहोर्नुपरेकोले कारण पनि अदुवा रोप्न छोडेकोले उत्पादनमा कमि आएको व्यापारीहरु बताउँछन् ।

अदुवाको मुल्य उच्च हुदा कृषकहरु भने दंग छन् । तीन वर्ष अगाडी धरान–१३ स्थित कृषि बजारमा अदुवा बिक्री गर्न झरेका धनुकटाको साँगुरीगढी गाउँपालिका–७ का बेलेन्द्र राईले गाडीभाडा समेत आफ्नै खल्तीबाट हाल्नुपरेको तीतो अनुभव सुनाउदैे भने,‘यस पटक अदुवाको मुल्य राम्रो पाइयो ।’ उनले खुशी हँुदै थप भने,‘५०–६० हजार रुपैयाँ थाप्दै आएको एउटा सामान्य किसानले अढाइ लाखसम्म थाप्न पाउनु खुशीको कुरा हो ।’

अर्का व्यापारी विनोद कुलुङ राई अदुवा उत्पादनमा गतबर्ष भन्दा ५० प्रतिशत कम भएको छ । यही बेला भारतमा नेपाली अदुवाको माग उच्च भएको कारण कृषकले अदुवाको भाउ राम्रो पाएको उनले बताए । ‘यसपटक अदुवाको उत्पादन कम भयो, तर इण्डियामा नेपाली अदुवाको माग बढी छ, त्यही भएर राम्रो भाउ छ,’उनले भने । कृषि उपज बजारको व्यावस्थापन सदस्य समेत रहेका राई करिब अढाई दशकदेखि व्यापारमा संलग्न छन् । ‘हामीले अदुवाको कारोबार करिब २०५०र५२ सालदेखि गरेको हो, यो सालको जस्तो उच्च भाउमा अहिलेसम्म भएको थिएन ।

सम्बन्धित समाचार