इटहरी । विराटनगर स्थित नोबेल अस्पतालका डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएको भन्दै मृतकका आफन्तले अस्पताल घेराउ गरेका छन् । आफन्त तथा दुहबीका स्थानीयले अस्पताल घेराउ गरी नाराबाजी गरेका छन् । दुहबी–६ का अनिलकुमार साहको लापरबाहीपूर्ण ढङ्गबाट घुँडाको अप्रेसन गर्दा ज्यान गएको भन्दै स्थानीयले प्रदर्शन गरेका हुन । दोषीलाई कारवाही नगरे दुहबी बजार समेत बन्द गर्ने स्थानीयले बताएका छन् ।
प्रतिक्रिया