संखुवासभाबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस



 असोज २३ । संखुवासभा : जिल्लाबाट आगामि मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला प्रमुख दलहरुले उम्मेदवारहरुको नाम सिफारिस गरेका छन् । जिल्लाका प्रमुख दलहरु संगै अन्य साना दलहरु पनि उम्मेदवारहरुको छनौटमा लागेका छन् । प्रमुख दल एमाले र कांग्रेसमा आकांक्षिहरु बढि देखिएका छन् ।एमाले जिल्ला कमिटी बैठकले प्रतिनिधिसभाका लागि प्रत्यक्षमा केन्द्रिय सदस्य राजेन्द्र गौतम, सुजन कुमार श्रेष्ठ, ऋषिकेशव चापागाई, गुप्त बहादुर श्रेष्ठ, पोलिटव्युरो सदस्य पर्शुमेघी गुरुङ, जीवन राई र सेरबहादुर कार्कीको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फभने प्रेम शाक्य, बलबहादुर पराजुली, योगराज गाउँले, सुन्दरी घिमिरे (खतिवडा), ढकलाल श्रेष्ठ, पदम कुमारी गुरुङ, र सुनिता काफ्ले (राई) लाई सिफारीस गरेको छ । त्यस्तै प्रदेशसभा निर्वाचनका लागी क्षेत्र नम्बर १(क) बाट प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष हेमराज घिमिरे, राजेन्द्र कुमार थापा, यादव अधिकारी, भविश्वर गुरुङ, सुमन श्रेष्ठ, चुडाबहादुर थापा, बद्री सापकोटा र जित बहादुर घिमिरेको नाम सिफारिस गरिएको छ । त्यसैगरी समानुपातिक तर्फ केशकुमारी खत्री, नारायण कटुवाल, टिकाराम गुरुङ, फणिन्द्र निरौला, सुरेश कुमार राई, रुद्र बहादुर घिमिरे, लिलादेवी खनाल, र शान्ति ढुङ्गानाको नाम परेका छन् ।   क्षेत्र नं. २(ख) तर्फ पुर्व जिल्ला अध्यक्ष उमेश कुमार डाँगी, तुलसीप्रसाद न्यौपाने, चित्रकुमारी श्रेष्ठ, चेवनचन्द्र वस्नेत, हरी बैरागी दाहाल र ज्ञानेन्द्र कार्कीको नाम प्रत्यक्ष तर्फ उम्मेदवार सिफारिस गरिएको छ । त्यसैगरी समानुपातिक तर्फ सरिता खड्का, सुमुना श्रेष्ठ, चन्द्रमणि भुजेल, दल कुमार तामाङ, धनसिं जिमी, विरेन्द्र केसी, मनमाया तामाङ, र हेम कुमारी चौहानको नाम समानुपातिक तर्फ सिफारीस गरिएको एमाले प्रचार विभागले जनाएको छ ।त्यसैगरी नेकपा माओवादी (केन्द्र) जिल्ला समिति सङ्खुवासभाले प्रनिनिधि सभाका लागि प्रत्यक्ष तर्फ टासिलाक्पा शेर्पा, सिताराम तिम्सिना र छत्रजंग बहादुर कार्कीको नाम सिफारिस गरेको छ । त्यसैगरी समानुपातिक तर्फ कृष्ण जिमी, मेनुका भट्टराई र टेकमान राईको नाम रहेको छ । प्रदेश सभाको निर्वाचनका लागि क्षेत्र नं. १(क) को प्रत्यक्ष तर्फ पुर्वसभासद् पुर्णप्रसाद राई र हेमराज खड्काको नाम सिफारिस गरिएको छभने समानुपातिक तर्फ राजकुमार घिमिरे, माधब थापा र दलबहादुर विश्वकर्मा रहेको छन् । त्यसैगरी क्षेत्र नंं. २(ख) को प्रत्यक्ष तर्फ चन्द्रबहादुर न्यौपाने र पुर्व सभासद् उमा कार्की(विष्ट) रहेका छन् । समानुपातिक तर्फभने लाखमान तामाङ्, मुना सापकोटा र प्रेम बयलकोटीको नाम सिफारिस गरेको जिल्ला इन्र्चाज आरपी किराँतिले जानकारी दिए ।   नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि प्रत्यक्षमा पुर्व राज्यमन्त्री द्वय दिपक खड्का र तारामान गुरुङ, जिल्ला सभापति दिपनकुमार श्रेष्ठ, अनन्त गौली, अन्जना लिङ्थेप, थलकुमार लिङखा, जनक थापा, महेश थपलिया, पदमबहादुर अधिकारी, पुर्व सांसद द्वय पासाङ शेर्पा र टंक प्रसाद राईको नाम सिफारिस गरेको छ । त्यस्तै समानुपातिकमा वंशीराज रेग्मी, पुर्व सांसद विना पौडेल, चित्ररेखा अधिकारी, जीवन कुमार राई र सेर बहादुर वनलाई सिफारीस गरेको छ । प्रदेशसभाका लागी क्षेत्र नं. १(क) बाट प्रत्यक्ष तर्फ क्षेत्रिय सभापति उमेश चौहान, मुक्तिसिं राई, गणेश कार्की, छत्रमणि काप्mले, टकमान घले, र राजेन्द्र घलेको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ उषा कार्की, काजीमान गुरुङ, गोपाल घिमिरे, चक्र बहादुर विशुंके, देउमान राई, ध्रुव कुमार गान्छाकी, नर बहादुर लिम्बु, निरु तामाङ वस्नेत, नुर्वु लामा, राइमान राई, राज कुमारी खरेल, लक्ष्मण राई, विजयराज शाक्य, सल्यान नेपाली, सूर्य बहादुर ओझा, हरिश्वर थापा मगर, ज्ञान बहादुर चर्मकार, श्याम शुन्दर उदास, भिम श्रेष्ठ, भक्त बहादुर श्रेष्ठ र ढोकल बहादुर कार्कीको नाम परेको छ ।   त्यसैगरी क्षेत्र नं. २(ख) बाट दिपक कुमार लिम्बु, दिपेन्द्रमान शाक्य, थीर बहादुर राई, डम्बर प्रसाद वस्नेत, र विमा पाण्डे कर्मचार्यको नाम प्रत्यक्ष तर्फ उम्मेदवार सिफारिस गरिएको छ भने कुमारबाबु अधिकारी, ज्ञान बहादुर कार्की, राम बहादुर वस्नेत, वविता पौडेल, पशी शेर्पा, मुना पोख्रेल दाहाल र सिता भट्टराईको नाम समानुपातिक तर्फ सिफारीस गरिएको छ ।

सम्बन्धित समाचार