खुट्टाले लेखेर ठूलो मान्छे बन्ने सपना



पाल्पा । बोल्न नसक्ने, दुबै हात चलाउन नमिल्ने तर सुन्न र देख्न राम्रो सँगसक्ने याम खाम्चा खुट्टाले लेखेर ठूलो मान्छे बन्ने सपना बोकेका छज् ।
पाल्पाको रामपुर नगरपालिका– १ स्थित बार्दाकोट बस्ने २१ वर्षीय खाम्चा खुट्टाले लेखेर अहिले कक्षा १० मा अध्यायनरत छन् । उनको पढ्ने क्षमता अरु विद्यार्थी भन्दा कम छैन । गर्भावस्थामा जण्डिस (कमलपित्त)रोगले ग्रसित खाम्चा औषधि उपचारको अभावमा सधैँभरी अर्काको साहारामा बाँच्नु परेको छ ।

बालहित मावि आनन्दीभन्ज्याङमा पढ्ने खाम्चा अरु विद्यार्थीसँगै कक्षा कोठामा बसेर पढ्ने गर्छन । कक्षा १० मा चांैथो श्रेणीमा रहनुभएका जिज्ञासु स्वभावका खाम्चाले केही नयाँ कुरा सुन्ने र देख्ने वित्तिकै इशारा गरेर जवाफ सोध्छन् । कक्षा ६ देखि यस विद्यालयमा अध्ययनरत खाम्चाको पढाइ र शैक्षिक सामग्री सबै खर्चको व्यवस्थापन विद्यालयले मिलाउँदै आएको छ । गाउँदेखि करीब डेढ किलोमिटरको बाटो हिँडेर खाम्चा नियमित रुपमा समयमा नै विद्यालय जाने र घर फर्कने गरेको प्रधानाध्यापक नवल सिं विरकट्टा बताउछन् ।

दाँहिने खुट्टाको साहाराले कक्षा ९ सम्म ट्यिुसनबिना नै राम्रो श्रेणीमा उत्तीण गर्नुभएका खाम्चालाई पढेर समाजमा नयाँ कार्य गर्ने चाहना छ । खाम्चाले कसैले केही सोध्यो भने खुट्टाले लेखेर उत्तर दिने गर्छन् । खुट्टाले लेखपढ गरेर भविष्यमा झमक घिमिरे झै ठूलो मान्छे बन्ने सपना उनको छ । गृहकार्य सकिएपछि फुर्सदको समय घरमै बसेर चित्र कोर्ने, विभिन्न पुस्तक पढ्ने, लेख्ने गरेर समय बिताउने गर्छन, उनि ।

मानबहादुर खाम्चाका तीन छोरा एक छोरीमध्ये माइलो सन्तानका रुपमा रहेका यामको शारीरिक अवस्थाले शुरुमा उनि चिन्तित थिए । अहिले छोराको पढाइप्रतिको मेहनत, लगनशीलता र सिर्जना देखेर खुशी छन् । जन्मदै शारीरिक रुपमा कमजोर रहेका याम आठ वर्षपछि विस्तारै हिँडडुल गर्नसक्ने भए। परिवारले १२ वर्षको उमेरमा गाउँकै वालज्योति प्राविमा कक्षा १ मा भर्ना गरिदिए । अक्षर चिन्न र लेख्न थालेपछि नियमित रुपमा साथीहरुसँग विद्यालय जान थालेका हुन ।

सम्बन्धित समाचार