धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका ७ गोठेगाऊमा जंगली च्याउ खाएर ४ जना बिरामी भएका छन् ।
बिहिबार राती चौबिसे ७ का ६३ बर्षीय टेकबहादुर लिम्बु, ६२ बर्षीय अमृत कुमारी लिम्बु, ३३ बर्षीय लक्ष्मीमाया लिम्बु र ४४ बर्षीय सुकमाया लिम्बु विरामी परेका हुन् । जंगलबाट टिपेर ल्याएको च्याऊ पकाएर खाए पश्चात उनीहरु बिरामी परेको प्रहरीले जनाएको छ । विरामी सबैको स्थानिय स्वास्थ्य चौकी मौनाबुधुकमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
प्रतिक्रिया