अध्यापन अनुमतिपत्रको आवेदन फारम सच्याउन सकिने सुविधा



काठमाडौं । शिक्षकसेवा आयोगले अध्यापन अनुमतिपत्रको आवेदन फारम सच्याउनका लागि अवसर दिएको छ ।  आयोगले पहिलोपटक अनलाइनका माध्यमबाट आवेदन फारम भर्न पाउने सुविधा प्रदान गरेको थियो। गत असार मसान्तसम्म आवेदकहरूले आवेदन भरेका थिए।  भरिएकामध्ये करिब साढे दुई हजार आवेदन गलत रूपमा भरिएको पाइएपछि भदौ २१ गतेसम्म सो सच्याउन सकिने सुविधा दिएको छ। आयोगका सूचना अधिकारी दामोदर आचार्यले आवेदकहरूले साइबरबाट फाराम भरेको र त्यसरी भर्दा विवरण गल्ती गरेकाले उनीहरूलाई सच्याउने अवसर दिइएको बताए।

सम्बन्धित समाचार