खाँदबारी । रेडीयो नेपाल सुदुर पश्चिम प्रादेशिक केन्द्र दिपायलमा कार्यरत पत्रकारहरुलाई हटाईएपछि प्रेस युनियन संखुवासभाले आपत्ती जनाएको छ । लामो समयदेखि कार्यरत पत्रकार प्रकास बम, सुनीता रावल र चक्र बहादुर कुँवरलाई राजनितिक पुर्वाग्रह राखेर कामबाट हटाईको भन्दै आपत्ती जनाएको हो ।
युनियनले उनिहरुको पेशागत शुरक्षाको ग्यारेण्टी गर्दै निशर्त पुनरवहालीको माग गर्दै सञ्चार मन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । आज जिल्ला प्रसासन कार्यालय मार्फत सञ्चार मन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् । नेपाल प्रेश युनियन शाखा संखुवासभाका सभापति कृष्णराज शाक्यद्धारा निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे मार्फत बुझाईएको ज्ञापनपत्रमा संसदमा प्रस्तुत मिडीया बिधेयकका कतिपय बुँदाहरु संचारमैत्री नभएकाले सरोकारवाला सहितको थप छलफल आवश्यक भएकोमा जोड दिईएको छ ।
प्रेश काउन्सील नेपाल र रेडीयो नेपाललाई समेत बोधार्थ उल्लेख गरि पेश गरिएको ज्ञापनपत्र बुझाउन नेपाल पत्रकार महासंघ संखुवासभा शाखाका सभापति ईन्द्र गिरी सहित जिल्लाका दर्जन बढि कृयाशिल संचारकर्मीहरुको सहभागिता रहेको थियो । निमित्त प्रजिअ मोहणमणि घिमिरेले आजै युनियनले बुझाएको बिज्ञप्ती माथिल्लो निकायमा पठाउने बताए ।
प्रतिक्रिया