प्रेम अस्वीकार गर्दा एसिड प्रहार



काठमाडौं । वीरगन्जमा शुक्रबार कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि भएको एसिड आक्रमणले चारबर्ष अघि काठमाडौं, बसन्तपुरमा भएको यस्तै घट्ना सम्झाइदिएको छ ।

२०७१ फागुन १० गते ट्युसन सेन्टर जाँदै गरेका सीमा बस्नेत र संगीता मगरमाथि एकाविहानै जीवन विकले एसिड छ्यापेका थिए । संगीताले प्रेम अस्वीकार गरेको प्रतिशोध साध्न जीवनले एसिड किनेका थिए ।

यी दुवै घटनाको समानता भनेको कलिलो उमेरको प्रेम आकर्षण र त्यो अस्वीकार हुँदाको प्रतिक्रिया नै हो । यसअघिका यस्ता घट्ना पनि प्रेमकै प्रतिशोधमा भएको देखिन्छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक बर्ष २०७१÷०७२ यता एसिड प्रहारका घट्नाबाट १३ महिला र ३ पुरुष पीडित भएका छन् ।

अधिकाशमा किशोरीहरु पीडित छन भने घट्नाको अन्तर्यमा प्रेम सम्बन्ध र प्रतिशोध मिसिएको छ । प्रहरी तथ्यांकले पाँच बर्षयता एसिड प्रहारका घट्नाबाट पीडित बन्ने महिलाको संख्या बढ्दो देखिन्छ ।

सम्बन्धित समाचार