काठमाडौं । पछिल्ला दुई दिन ओरालो लागेको सुनको भाउ सोमबार पुनः उकालो लाग्यो ।
अन्तर्राष्यिट्रय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले वृद्धि भएर तोलाको ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य आइतबार तोलामा ५०० रुपैयाँले कमी आएर तोलाको ७१ हजार ५०० मा कारोबार भएको थियो ।
सोमबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले ओरालो लागेर तोलाको ८८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १५ सय १७ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया