ताप्लेजुङ । एक करोड रुपैयाँभन्दा बढीकाे लागतमा जिल्ला अस्पतालको परिसरमा निर्माण गरिएको सुत्केरी अप्रेशन भवन दुई वर्षसम्म पनि सञ्चालनमा आएको छैन ।
सामान्यरुपमा सुत्केरी हुन नसक्दा अप्रेसनमार्फत सुत्केरी गराउन भनि बनाइएको भवन सञ्चालनमा नआउँदै भत्किएको छ, । गएको आर्थिक वर्ष नै फुङलिङ नगरपालिकाले अस्पताल मर्मतका लागि ६ लाख रुपैयाँ खर्च गरिसेकेको छ ।
ठेकेदार कम्पनीले भवन निर्माण गरी जिल्ला अस्पताललाई बुझाएको दुई वर्ष बितिसक्यो । भवनको वरिपरि नालीको राम्रो व्यवस्था नभएका कारण भवनको कोठामा पानी पसेको छ ।
भवनभित्र जडान गरिएका पानीका धाराहरु पनि चलाउन सकिने अवस्थामा छैनन् । पानीका धारा पहिलेदेखि नै खुस्किएको र मर्मतको लागि नगरपालिकाले ६ लाख रुपैयाँ खर्च गरेको अस्पतलाका प्रमुख डा. सोनिङ लामाले बताउनुभयो । उहाँले अस्पताल अझै सञ्चालन गर्नसक्ने अवस्था नरहेको जानकारी दिनुभयो ।
व्यवस्थितरुपमा ढोकाहरु नभएको र भवनको अगाडि सुरक्षाको लागि चेन गेट नभएकाले अझै पनि अप्रेशन कक्ष सञ्चालनमा ल्याउन नसकिने उहाँले बताउनुभयो ।
तत्कालीन शहरी विकास डिभिजन कार्यालय इलामको एक करोड ११ लाख रुपैयाँको लागतमा निर्माण गरिएको भनव अझसम्म पनि सञ्चालनमा नआउँदा चरम लापर्वाही भएको बताइन्छ ।
डा. लामाले अस्पताल सञ्चालनका लागि प्रस्तावसहित नगरपालिकाबाट रकम माग्नु पर्ने र चेन गेटका साथै ढोका मर्मत गर्नुपर्ने अवस्था रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया