काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) अस्पताल भर्ना हुनुभएको छ ।
वैद्यको स्वास्थ्यमा समस्या देखिएपछि उहाँ आज आइतवार थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ । दम रोग पीडित उहाँलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याइएको हो ।
केही दिन अस्पताल बस्नुपर्ने हुन सक्ने उहाँका आफन्तले बताएका छन् । आज उहाँको छातीको परीक्षण गरिएको छ ।
प्रतिक्रिया