सिलीचोङ गाउँपालिकाको वित्तिय प्रगति ७९.९८ प्रतिशत



खाँदबारी सिलीचोङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा चालु तथा पूँजीगत खर्चतर्फ गरी ७९.९८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ।

गाउँपालिकाका अनुसार पूँजीगततर्फ ७१.८४ प्रतिशत र चालुतर्फ ८४.७२ प्रतिशत वित्तीय प्रगति भएको छ। पूँजीगततर्फ १६ करोड ६१ लाख ६७ हजार ७५ रुपैयाँ विनियोजन भएकोमा ११ करोड ९३ लाख ७९ हजार ४९० रुपैयाँ खर्च भएको लेखापाल दीपक खड्काले जानकारी दिनुभयो।

त्यस्तै, चालुतर्फ २८ करोड ६३ लाख १ हजार ७३३ रुपैयाँ विनियोजन भएकोमा २४ करोड २५ लाख ८१ हजार ६६१ रुपैयाँ खर्च भएको खड्काले बताउनुभयो।

जेन्जी आन्दोलन, प्रतिनिधिसभा निर्वाचन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, प्राकृतिक विपद् तथा अन्य विविध कारणले काममा प्रभाव पारे पनि समग्र वित्तीय प्रगति सन्तोषजनक रहेको गाउँपालिका अध्यक्ष भुपालराज राईको दावी छ।

प्रमुख प्रशासकीय अधिकृत प्रविण राईले आगामी आर्थिक वर्षमा विकास निर्माणका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्दै सेवा प्रवाह र वित्तीय व्यवस्थापनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सम्बन्धित समाचार