पन्ध्र लाख बराबरको निशुल्क जग्गा दान



संखुवासभा, फागुन ८ गते । खाँदबारी नगरपालीका ४ का लिलाबहादुर गुरुङले नेकपा एमाले ४ नम्बर वडालाई जग्गा दान गरेका छन् । गुरुङले एमालेलाई एक तले घर सहितको १५ लाख मुल्य बराबरको जग्गा प्रदान गरेका हुन् ।

गुरुङले एक हप्ता भित्र उक्त जग्गा पार्टीको नाममा पास गरिदिने बताईएको छ । खाँदबारी ४ सेकाहा स्थीत कालिका माध्यमिक विद्यालय नजिक रहेको उक्त जग्गामा निकट भविश्यमै भवन बनाई पार्टीको वडा कार्यालय सञ्चालन गर्ने योजना रहेको नेकपा एमाले जिल्ला कमिटी सदस्य विनोद सुब्बा गुरुङले बताए ।

सम्बन्धित समाचार