चैनपुर नगरपालिकाका मेयरलाई वडाध्यक्षले ज्ञापन पत्र बुझाए



चैनपुर, चैनपुर नगरपालिकाका मेयरलाई वडाध्यक्षले ज्ञापन पत्र बुझाएका छन् । मेयर भरत कुमार खत्रीलाई वडा नं. १ का अध्यक्ष लोक बहादुर श्रेष्ठ लगायत जनप्रतिनिधिले ज्ञापन पत्र बुझाएको हो । बजेट विनियोजन गर्दा वडा नं. १ लाई उपेक्षा गरेको भन्दै वडाध्यक्ष श्रेष्ठले ज्ञापन पत्र बुझाएका हुन् ।

बुधबार ज्ञापन पत्र बुभ्mदै मेयर खत्रीले संसदीय अभ्यास भित्र नीति तथा कार्यक्रम नगरको ५ औ चरण सम्मको बजेट पास भैसकेको हुँदा वडाको बजेटमा रकम थप गर्न नसकिने बताए ।

तर नगरको बजेटबाट गौरवका आयोजनाहरु सडक, पर्यटन लगायतमा बजेट विनियोजन गर्न प्रतिवद्ध रहेको जानकारी दिए । वडाका जनप्रतिनिधिहरु, स्थानीयवासी लगायतको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको वडा सदस्य चेतन गुरुङले बताए ।

सम्बन्धित समाचार