काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १५ हजार घुससहित एक जना प्रहरी नायव निरीक्षकलाई रुपन्देहीबाट सोमबार नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय मंगलापुर रूपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक खिमबहादुर जिसीले सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा बुटवलबाट खटेको अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
बिमा रकमका लागि सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस माग गरेको सूचना पाएपछि अख्तियारको टोली कार्यालय परिसरमा नै पुगेर जिसीलाई घुस रकमसहित नियन्त्रणमा लिइएको उनले बताए ।
प्रतिक्रिया