राष्ट्रिय बाणिज्य बैंक खाँदबारीमा नयाँ नोट साट्नेको भिड (भिडियो सहित)




खाँदबारी । दशैको अवसरमा बाँडिने नयाँ नोट राष्ट्रिय बाणिज्य बैंक खाँदबारी शाखाले पनि बाँड्न थालेको छ । नयाँ नोट बाँड्न थालिएपछि नागरिकहरु सयौंको संख्यामा बैंक पुगेका छन् ।

उनीहरु घण्टौं लाईनमा बसेर नोट साट्ने गरेका छन् । यस पटक राष्ट्रिय बैंकले प्रतिब्यक्ति सात हजार पाँच सयको दरले नयाँ नोट साट्ने ब्यवस्था मिलाएको छ । यद्धपी नागरिकहरु भने यो पर्याप्त नभएको बताउने गरेका छन् । लामो समय लाईनमा बसेर रुष्ट भएकाहरु नयाँ नोट पाएपछि भने खुसी देखिन्छन् । हामी बैंक पुगेर दृश्य छायाँकन गरेका छौं । हेरौं राष्ट्रिय बाणिज्य बैंकको दृश्य ।

सम्बन्धित समाचार