सुँगुरको मासु खाएर शक्त विरामी परेका पाँचथरका एक कैदीको मृत्यु



पाँचथर । सुँगुरको मासु खाएर शक्त विरामी भई उपचाररत जिल्ला कारागार पाँचथरका एक कैदीको गएराती मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ७ सिदिनका सुन्दर राई रहेका छन् । उनको बिएण्डसी हष्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले जानकारी दिनुभयो ।

राई सँगै सुगुँरको मासु खाएर मृत्यु हुनेको संख्या ३ पुगेको छ । गत असोज १९ दशैँको समयमा सुगरको पित्त र कलेजो पकाएर खाएका दुई जनाको यसअघि नै मृत्यु भइसकेको छ । फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षिय बुद्धि केरुङको गत असोज २० गते दिउसो उपचारको क्रममा मृत्यु भएको र फिदिम नगरपालिका–१०, याङनामका ३४ वर्षका जयप्रकाश जवेगुको उपचारका लागि झापातर्फ लाँदै गर्दा बाटोमै २० गते राति ज्यान गएको थियो ।

मासु खाएर विरामी भएका ४ जना मध्ये अहिले एक जनाको मेची अंचल अस्पतालमा उपचार भइरहेको छ । जिल्लाको कुम्मायक गाउँपालिकाका ३ का दिनेश खजुमको उपचार भइरहेको प्रहरीले जनाएको छ । गरिएको छ ।

सम्बन्धित समाचार