रौतहटमा गोली प्रहारबाट एक जनाको हत्या



रौतहट । रौतहट जिल्लामा गोली प्रहारबाट  एक जनाको हत्या भएको छ । ईशनाथ नगरपालिका–६ मा अज्ञात समूहले चलाएको गोली लागेर २६ वर्षीय पुरुषको ज्यान गएको हो । मृतकको पहिचान भने खुल्न सकेको छैन ।

घिउराबाट जैयनगरतर्फ जाने बाटोमा क्रान्ति प्रावि नजिकै ती युवकलाइ गोली हानिएको थियाे । भारतबाटै आएका व्यक्तिले कुनै भारतीय नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका रहेको प्रहरी प्रवक्ता नवीन कार्कीले बताएका छन् ।

मृतकको साथबाट उनको पहिचान हुने कुनै बस्तु फेला नपरेको र हत्यामा प्रयोग भएको गोलीको खोका अत्याधुनिक हतियारको भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको छ भने यसबारे विस्तृत आउन बाँकी छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..