औषधिसँगै लागुऔषधको कारोबार हुने गरेको खुलासा



विराटनगर। प्रदेश १ को मुख्य सहरमा सञ्चालित अधिकांश औषधि पसलमा प्रतिबन्धित औषधिसँगै लागुऔषधको कारोबार हुने गरेको खुलेको छ। प्रहरीले सक्रियता बढाएसँगै पछिल्लो समय यस्ता प्रतिबन्धित र लागुऔषध कारोबार गर्ने पसलको बारेमा बाहिर आउन थालेको छ। केही दिनअघि मात्रै मोरङ प्रहरीले अवैध लागुऔषध कारोबार गर्ने मेडिकल सञ्चालकसहित दुई जनालाई पक्राउ गर्‍यो।

इलाका प्रहरी कार्यालय बेलबारीले इटहरीमा ‘तिरूपती मेडिकल’का सञ्चालक २६ वर्षीय नरेश यादव र लागुऔषध ओसार–पसार गर्ने इटहरी उपमहानगरपालिका–२ पशुपति चोकका २० वर्षिय असिम श्रेष्ठलाई पक्राउ गरेको हो। प्रहरीले यादवको मेडिकल र श्रेष्ठको साथबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको थियो। प्रहरीका अनुसार श्रेष्ठले ल्याएको लागुऔषध यादवकै मेडिकलमा भण्डारण गरी कारोबार हुने गरेको पाइएको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले बताए। बुधबार पक्राउ परेका श्रेष्ठले ल्याएको लागुऔषध पनि इटहरीको मेडिकल हलमा ल्याउने तयारी देखिएको उनको भनाइ छ।

सम्बन्धित समाचार