भोजपुरमा निशुल्क आँखा शिविर मार्फत ७६ जना बालबालिकाको आँखा परिक्षण



भोजपुर । भोजपुर नगरपालिका – १२ टक्सारको पुरानो डवलीमा निशुल्क आँखा शिविर मार्फत ७६ जना बालबालिकाको आँखा परिक्षण गरिएको छ । विश्व दृष्टि दिवसको अवसर पारेर आज १५ वर्ष मुनीका बालबालिकाको निशुल्क आँखा परिक्षण गरेको नेपाल नेत्र ज्योती संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङले जानकारी दिए ।

शिविरमा भोजपुर नगरपालिका, पौवादुङ्मा गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका लगाएतका स्थानीयतहका वालवालिकाहरुको आँखा जाँच गरिएको केन्द्रले जनाएको छ । शिविरमा एक जनामा मोतीयाविन्दु देखिएकोले शल्यक्रियाका लागि विराटनगर आँखा अस्पताल रेफर गरिएको प्रमुख तामाङले बताए । त्यस्तै १५ जना बालबालिकामा दृिष्टदोष र अन्यलाई निशुल्क औषधी वितरण गरिएको केन्द्रले जनाएको छ ।

सम्बन्धित समाचार