नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद पार्वत गुरुङलाई प क्राउ गर्न पुर्जी जारी



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद पार्वत गुरुङलाई प क्राउ गर्न पुर्जी जारी भएको छ।दोलखाका सांसद तथा नेकपाका केन्द्रीय गुरुङलाई ज्या न मा र्ने मुद्दामा पक्राउ पुर्जी जारी भएको हो।

ज्या न मा र्ने उद्योग मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले ८ असोजमा सांसद गुरुङलाई पक्राउ पुर्जीको म्याद तामेल गरेको हो।

सांसद गुरुङविरुद्ध वीरध्वज खड्काले २०७६ को वैशाख २९ गते काडमाडौँ जिल्ला अदालतमा ज्या न मा र्ने कसुरको जाहेरी दर्ता गरेका थिए। सो मुद्दामा गुरुङसँगै दोलखाको गौरीशंकर गाउँपालिकाकै मिनबहादुर तामाङ, कसराङ मन्ने कर्ण तामाङ, उर्मिला थामी, जीवन तामाङ, सागर तामाङ, सविन तामाङलाई प्रतिवादी बनाइएको छ।

काठमाडौँ जिल्ला अदालतले १२ भदौ २०७६ मा जिल्ला प्रहरी कार्यालय दोलाखालाई पत्र पठाउँदै अदालत उपस्थित गराउन आदेश गरेको थियो।

जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय सिँगटीमा पत्र पठाएपछि ८ असोजमा गुरुङलाई म्याद तामेल गरिएको हो।

सम्बन्धित समाचार