तमोर नदीले बगाएर ६४ बर्षीय बिर बहादुर माझी बेपत्ता



तेह्रथुम । तमोर नदीले बगाएर बेपत्ता भएका छन् । तेह्रथुमको फेदाप गाउँपालिका-१ माझीगाउँ बस्ने ६४ बर्षीय बिर बहादुर माझी तमोर नदीले बगाएर बेपत्ता भएका हुन् । बिहिवार दिउँसो २ बजे तमोर नदिको बिचमा रहेको बाँस निकाल्न जाने क्रममा अचानक नदीले बगउँदा उनी बेपत्ता भएका हुन् ।

प्रहरी चौकी पोक्लाबुङबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको टोलीले माझीको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

सम्बन्धित समाचार