दमक चक्रपथ : निर्माण थालेको २४ वर्ष बित्दा पनि अधुरै



दमक। दमकमा चक्रपथ निर्माण सुरु भएको २४ वर्ष नाघ्यो। तत्कालीन समयमा जनप्रतिनिधि भएकै बेला यो योजना सुरु भएको थियो। तर‚ उनीहरूको कार्यकाल सकिको २० वर्षपछि अर्का जनप्रतिनिधि निर्वाचित भइसक्दा पनि परियोजना अलपत्र छ। डेढ दशक कर्मचारीले स्थानीय निकाय चलाए।

अहिले स्थानीय सरकारको संवैधानिक मान्यतासहित जनप्रतिनिधि स्थापित भएका छन्। तर यसको ट्र्याक खुलाउने काम अझै पूरा भएको छ।  ३३ किलोमिटरको दमक चक्रपथको पूर्वपश्चिम राजमार्ग दक्षिण खोला किनारमा नै सडक परेको छ। जसका कारण ट्र्याक पूरा हुन बाँकी रहेको सडक डिभिजन दमकले जनाएको छ।

कार्यालयका इन्जिनियर विपिन ढुंगानाका अनुसार राजमार्ग दक्षिणमा करिब एक किलोमिटर ट्र्याक पूरा हुन बाँकी छ। प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरमा पर्ने यो सडकले केही समय अघि राष्ट्रिय राजमार्गको मान्यता पाएको छ। यो मान्यतासँगै बजेटको पनि व्यवस्था भएकाले यो कार्य समेत चाँडै पूरा हुने सडक डिभिजनको भनाई छ।

राष्ट्रिय राजमार्गको मान्यता पाएसँगै यसमा आवश्यक बजेट संघीय सरकारले विनियोजन गर्ने भएकाले अब स्रोत साधन अभाव नहुने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा पूर्वाधार क्षेत्र संयोजन गर्ने सचिवालय सदस्य होमबहादुर थापाले बताए। दमकको चक्रपथ पूरा गर्ने दायित्व अब संघीय सरकारको भएकाले अब कुनै पनि कारणले यसको निर्माण नरोकिने उनको भनाई छ।

सम्बन्धित समाचार