गोरखा ।गोरखाको पालुङटारमा सिंगुसले टोकेर ६ जना घाइते भएका छन् ।पालुङटार वडा नम्बर–४ को अग्ला चिलाउने भन्ने जंगलमा गोठालो गएका उनीहरुलाई दिउँसो साढे १२ वजेतिर सिंगुसले टोकेको इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले जनाएको छ । उनीहरु सबै गाईबस्तु चराउन जंगल गएका थिए ।
घाइते भएकामध्ये पालुङटार ४ बस्ने ४१ वर्षीय निर्मला विक र ५५ वर्षीय दिपक अधिकारीलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको भने स्थानीय मेडिकलमा उपचार गरिएको छ ।
उनीहरु सबै उपचारपछि घर फर्केका इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले जनाएको छ । गएको तीन वर्ष यता त्यस क्षेत्रमा धेरैलाई सिंगुसले टोकेको स्थानीय बासिन्दाले बताएका छन् ।
सिंगुस मौरी प्रजातिको किरा हो । यसले सिमलको रुखलगायतका अग्लो ठाउँमा गोला बनाउने गर्दछ । सिंगुसको महमा विशेष प्रकारको औषधीय गुण हुने विज्ञहरु बताउँछन् ।
प्रतिक्रिया