विराटनगर । दशैँ तिहारको बीचमा प्रदेश-१ का १४ जिल्लामा ५८ जना जुवाडे पक्राउ परेका छन्। १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत र प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर कोइरालाले ५८ जना जुवाडे तास, कौडा र नगदसहित पक्राउ गरेको जानकारी दिए। उनका अनुसार प्रदेशबाट ठूलो रकमको राखेर जुवा तास खेल्ने र खेलाउने ५८ जना जुवाडेलाई नियन्त्रणमा लिइएको थियो। जुवा खालबाट ३० बुक तास, १६ थान कौडा र नगद ८ लाख ४३ हजार ५ सय ८२ रुपैया बरामद गरिएको गरिएको उनले बताए। सयमा एकलाख १८ हजार बराबरको पटका र पटका ओसार पसारमा संग्लग्न २ जनालाई नियन्त्रणमा लिईएको पनि छ।
प्रतिक्रिया