यम प्रधान लाई प्रेस यूनियन धनकुटाको उपचार खर्च सहयोग



धनकुटा । नेपाल प्रेस यूनियन धनकुटा शाखाले नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष एवम् नेपाल प्रेस यूनियनका पूर्व केन्द्रिय उपाध्यक्ष वरिष्ठ पत्रकार यम प्रधान लाई उपचार खर्च सहयोग गरेको छ ।

नेपाल प्रेस यूनियन धनकुटा शाखाको अगुवाईमा संकलन गरिएको नगद रु २० हजार ३ सय रुपैया नेपाल प्रेस यूनियन केन्द्रिय उपाध्यक्ष बिजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, नेपाल प्रेस यूनियन धनकुटा शाखा अध्यक्ष हिमा चेम्जोङ्ग, सचिव विकास घिमिरे, पूर्व अध्यक्ष खगेन्द्रप्रसाद घिमिरे लगायतले प्रधानकी श्रीमती लाई सहयोग रमक हस्तान्तरण गर्नु भएको थियो ।सहयोग रकम हस्तान्तरण कार्यक्रमा नेपाल प्रेस यूनियन सुनसरी अध्यक्ष धनबहादुर पुरी, पत्रकारहरु अर्जुन सुवेदी, धुव्र ढकाल, लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार