केसीले राष्ट्रियतासँग जोडिएको कालापानी र लिम्पुयाधुरा अतिक्रमणको मुद्दाका कारण अनशन स्थगित गरेपनि आफ्ना माग पुरा नभए पुनः अनशन बस्ने चेतावनी दिए। उनले जनताको स्वास्थ्यसँग जोडिएका मुद्दालाई गम्भीरता लिई आफूसँग गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे। डा केसीको उपचारमा सम्ललग्न सेती प्रादेशिक अस्पतालका डा निराजनदत्त शर्मा पौडयालले डा केसीलाई आरामको आवश्यकता रहेको बताए।
प्रतिक्रिया