वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्न चितवनमा बिमा कार्यक्रम सुरु



चितवन। वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्न चितवनमा बिमा कार्यक्रम सुरु गरिएको छ ।चितवनको रत्ननगर नगरपालिका वडा नम्बर–७ स्थित बाघमारा मध्यवर्ती सामुदायिक वनले आफ्ना उपभोक्ताहरुलाई बिमा कार्यक्रम सुरु गरेको हो ।

शुक्रबार प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले बिमालेख हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरे ।मुख्यमन्त्री पौडेलले समुदायमा आधारित बिमा कार्यक्रम उत्कृष्ट रहेको भन्दै यसलाई दीर्घकालीन बनाउन स्थानीय समुदायले स्वामित्व लिनुपर्नेमा जोड दिए ।वनका १५९ घरधुरी उपभोक्ताको बिमा गरिको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट आउने वन्यजन्तुको आक्रमणमा परी त्यस आसपासका व्यक्तिहरुको जीउधनको क्षति हुँदै आएको थियो ।रत्ननगर नगरपालिका, बाघमारा मध्यवर्ती सामुदायिक वन, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र अर्थ इस्टिच्यूटको सहकार्यमा बिमा कार्यक्रम सुरु गरिएको हो ।

बिमा गर्दा वन्यजन्तुका कारणले मृत्यु भएमा १० लाख, घाइते भएमा एक लाख, घर तथा भौतिक संरचनामा क्षति भएमा १० लाख, घरपालुवा जनावरको मृत्यु भएमा १२ देखि ४० हजार रुपैयाँसम्म र बालीनालीमा क्षति भए ७५ प्रतिशतसम्म राहत पाउने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार