पोखरा । पोखरा महानगरलाई पछिल्लो समय पार्किङ समस्या टाउको दुखाइको विषय बनेको छ । दिनानुदिन बढिरहेका सवारी चापलाई व्यवस्थित गर्न पार्किङको भरपर्दो योजना अघि सार्नुपर्ने चुनौती महानगरलाई छ । उसो त महानगरको चौथो नगरसभाले पार्किङलाई मुख्य प्राथमिकतामा राखेर कार्यक्रम प्रस्तुत गरेको छ ।
अन्डरग्राउन्ड पार्किङसहितको भवन बनाउनेलाई कर छुटदेखि बहुतले पार्किङ भवन बनाउनेसम्मका घोषणा नगर सभाले गरेको छ । तर, तत्कालका लागि बढिरहेको पार्किङ र ट्राफिक जाम समस्या समाधान गर्न भने कुनै योजना अघि सारेको छैन । महानगरले तत्काल ट्राफिक समस्या समाधान गर्न पार्किङ स्थल बनाउने बताएको थियो । तर, जग्गाको अभावले गर्दा त्यो काम पनि प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन ।
प्रतिक्रिया