खाँदबारी । जिल्लाको चैनपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष काजी शेर्पाको निधन भएको छ। शेर्पाको उपचारको क्रममा गयराती आफ्नै निवासमा निधन भएको हो ।
क्यान्सर रोगबाट पीडित शेर्पा आठ महिना अघिदेखि उपचार गराइरहेका थिए । २०२५ फागुन १३ गते मयुममा जन्मिएका शेर्पा शिक्षक पेशाबाट अवकास लिएर अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी तत्कालिन नेकपा एमालेबाट विजयी भएका हुन् । उनीको मयुममा नै शुक्रबार दिउँसो अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।
प्रतिक्रिया