खाँदबारी । संखुवासभाको चिचिला गाउँपालिका ३ केराबारीमा ट्याक्टर दुर्घटनामा घाइते भएका चारजनामध्ये एकको मृत्यु भएको छ। २ त ४३५९ नंबरको ट्याक्टर अनियन्त्रित हुँदा घाइते भएका सहचालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
दुर्घटनाबाट घाइते चैनपुर नगरपालिका–११ लुवाकोटका ३१ वर्षीय सुकल राईको मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ। घाइते सुकल राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ।
जस्तापाता बाकेर सदरमुकाम खाँदबारीबाट पुखुवा जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालक खाँदबारी नगरपालिका–८ डाँडाका दिनेश तामाङ, सिलिचोङ गाउँपालिका–५ की प्रतिमाया राई र चैनपुर नगरपालिका–११ का सुक्ला राईसहित चारजना घाइते भएका थिए।
प्रतिक्रिया