चैनपुरले सुरु ग¥यो खरको छानो हटाउने अभियान




संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका वडा नम्वर–१० ले सुरक्षित आवासका लागि आइतबार देखि खरको छानो हटाउने अभियान सुरु गरेको छ । चैनपुर वडा नम्बर १० का ३३ घर परिवारलाई जस्ता पाता वितरण गरेको वडा अध्यक्ष तेज बहादुर कटुवालले जानकारी दिए ।

चैनपुरको वडा नम्बर–१० र समाज स्पर्श समितीको सहयोगमा सल्लेरीका ३३ परिवारलाई जस्ता–पाता वितरण गरिएको वडा अध्यक्ष कटुवालले बताए । चुनावमा गरिएको प्रतिवद्धता अनुसार आफ्नो कार्यकाल भित्र वडालाई खरको छानो मुक्त बनाउने उनले बताए । चुनावमा हामीले गरेको प्रतिवद्धता अनुरुप खरको छानो विस्थापित अभियान सुरु गरेका हो, वडा अध्यक्ष कटुवालले भने–‘खरको छानो सुरक्षाका दृष्टिकोणबाट समेत असुरक्षित भएका कारण खरको छानो विस्थापित लक्ष्य रहेको बताए ।

वडा नम्बर –१० का गरिब तथा बिपन्न बर्गका विभिन्न समुदायका परिवारलाई खरको छानो बाट मुक्त बनाउन जस्ता–पाता वितरण गर्न लागिएको अध्यक्ष कटुवालको भनाइ छ । चुनाव घोषणा पत्र अनुसार आफ्नो कार्यकाल भित्रै वडालाई खरको छानो मुक्त बनाइ सक्ने बताए । सुख्खा क्षेत्र त्यसमा पनि खरको छानो भएका घर सधै आगजनी खतरामा भएका कारण पनि जस्ता–पाता नै उपयोगि हुने अध्यक्ष कटुवाले बताए। उनले भने पहिलो चरणमा गरिव तथा विपन्न वर्गको घरमा खरको छानो फेर्ने योजना रहेको बताए ।

सुरक्षित आवासका लागि यो कार्यक्रम निरन्तर चल्ने वडा अध्यक्ष कटुवालले जानकारी दिए । आइतबार पहिलो चरणमा ३३ घर परिवारलाई घरको साइज अनुसार जस्ता–पाता वितरण गरिएको बताइएको छ ।

सम्बन्धित समाचार