ताम्कु । कुलुङ जातीको प्रमुख पर्व मिनारी दाचाम निङ्दोङ चाक्चाकुरको अवसरमा संखुवासभा पिक सिलिचोङ गाउँपालिकाले सार्वजनिक विदा दिने भएको छ । कुलुङ जातीहरुको बाहुल्य भएको सिलिचोङ गाउँपालिको पौष १५ र १६ गते स्थानीय विदा दिने भएको हो ।
कार्यपालिकाको पौष १३ गते बसेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो । कार्यपालिकाले विदा दिने निर्णय गरेसँगै गाउँपालिकाले सार्वजनिक सुचना सार्वजनिक गरेको छ । उक्त दिन सरकारी कार्यालय र शिक्षण संस्थाहरु बन्द रहने जनाईएको छ । गाउँपालिकाले अघिल्लो बर्ष पनि दुई दिन सार्वजनिक विदा दिएको थियो ।
कुलुङ समुदायले प्रत्येक बर्षको पौष १५, १६ र १७ गते चाक्चाकुर पर्व मनाउदै आएका छन् । चार्डलाई मिनारी दाचाम चासुम् भनिएपनि चाक्चाकुर महिनामा यो पर्व पर्ने भएकोले यसलाई चाक्चाकुर भनिदै आएको छ । कुलुङ परम्परा र मान्यता अनुसार पौष महिनालाई चाक्चाकुर भनिन्छ । पौष १५ बाट नयाँ बर्ष प्रारम्भ भएको कुलुङ समुदायले विश्वास गर्दछन् ।
प्रतिक्रिया