इटहरी । पूर्वेली मिडिया नेटवर्कको आयोजनामा ‘रमपम पुर्वेली म्युजिक अवार्ड २०२०’ को आयोजना हुने भएको छ । आगामी चैत्र १४ गते शुक्रबार प्रदेश १ को मुख्य शहर इटहरीमा आयोजना हुने भएको हो ।
शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार तथा संस्कृतिको सम्बर्द्वन साथै प्रर्बद्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ म्यूजिक अवार्ड हुने भएको आयोजकले सोमवार इटहरी स्थित ओसियन पार्कमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । आयोजकले २२ वटा बिधामा अवार्ड प्रदान गर्ने जानकारी गराउँदै पूर्व क्षेत्रमा कार्यरत रंग पत्रकार तथा पूर्वेली गीत संगीतमा योगदान गर्ने एक सर्जकलाइ लाईफटाईम अचिवमेन्ट अवार्ड समेत प्रदान गरिने बताएको छ ।
म्यूजिक अवार्ड कार्यक्रममा मुल्यांकनका आधारमा जुरी टिमले टप ५ छनौट गर्नुका साथै उत्कृष्ट टप ५ मनोनयनमा परेका गीतहरु भेटिङका माध्यमबाट सर्वोकृष्ट गीत छनौट गरिने छ । भोटिङका लागी खल्ती एपबाट भोट गर्न सकिने ब्यबस्था गरिएको साथै नोमिनेशनका लागी समेत सो एपबाट फर्म भर्न सकिने व्यवस्था रहेको आयोजकले बताएको छ । पूर्वेली म्यूजिक अवार्डको कार्यक्रममा १५ देखि २० लाखको बिचमा खर्च हुने अनुमान गरिएको आयोजकको भनाइमा छ । कार्यक्रममा मुख्य प्रायोजक रमपम नुडल्स, इन एसोसिएसन विथ एन आइ सि एसिया बैंक रहेको साथै इभेन्ट म्यानेजमेन्टमा सिल्भर इन्टरटेनमेन्ट तथा प्रमोटरमा पूर्वेली न्यूज रहेका छन् ।
पुर्वली म्यूजिक अवार्डमा बेस्ट न्यू आर्टिस्ट, सङ अफ द इयर, बेस्ट मेल भोकल पर्फमेन्स्, बेस्ट फिमेल भोकल पर्फमेन्स्, बेस्ट भोकल कोलाब्रेसन्, बेस्ट कम्पोजिसन्, बेस्ट अरेन्जमेन्ट्, बेस्ट लिरिक्स, बेस्ट लिम्बु सङ्का विधाहरुमा अवाड प्रदान गरिने भएको छ । साथै बेस्ट तामाङ सङ्, बेस्ट शेर्पा सङ्, बेस्ट मगर सङ्, बेस्ट राइ सङ्, बेस्ट गुरूङ सङ्, बेस्ट थारू सङ्, बेस्ट मैथली सङ्, बेस्ट राजबंशी सङ्, बेस्ट भिडियो, बेस्ट भिडियोग्राफी, बेस्ट भिडियो इडिटर, बेस्ट मोडल (मेल), बेस्ट मोडल (फिमेल) समेतलाई पुर्वेली म्यूजिक अवाडमा समेटिने आयोजको भनाइ छ ।
नयाँ पुस्ताहरुलाई पूर्वेली गीत संगितमा केही सृजना गर्न प्रेरणा दिनुका साथै शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार तथा संस्कृतिको विकासमा टेवा पुर्याउनका लागि समेत पूर्वेली म्यूजिक अवार्ड पूर्वमा पहिलो पटक आयोजना गर्ने तयारी तिव्र रुपमा गरिएको पूर्वेली मिडिया नेटर्वक प्रा लि का प्रबन्ध निर्देशक सुरेशचन्द्र दाहालले जानकारी दिए । उनले नेपालमा शास्त्रीय संगीतको सुरुवात लिच्छवीकालदेखि नै भएकोले पूर्व लगायत धेरै क्षेत्रमा लोक गीत नै गुन्जिने हुँदा जुन हाम्रो मौलिक संस्कृति ,लोक गीत, संगित, बाजागाजा र भाकाहरु हाम्रा अमुल्य सम्पत्ति समेत भएको जानकारी दिए ।
पूर्वेली म्यूजिक अवाडको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, प्रेस युनियन सुनसरी अध्यक्ष धनबहादुर पुरी लगायतको सहभागिता रहेको थियो । पूर्वेली म्यूजिक अवाडका व्यवस्थापक तथा कलाकार राजन क्षेत्रीले स्वागत मन्तव्य राखेको पत्रकार सम्मेलन कार्यक्रमको संचालन पूर्वेली न्यूजका सम्पादक नरेन्द्र वस्नेतले गरेका थिए ।
प्रतिक्रिया