खाँदबारी । साक्षर नेपाल, संबृद्ध नेपाल र सुखी नेपाली हामी सवैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण भन्ने नाराका साथ संखुवासभा जिल्लालाई ५३ औं साक्षर जिल्लाका रुपमा घोषणा गरिएको छ ।
जिल्ला समन्वय प्रमुख सुमन शाक्यको सभापतित्व तथा नेपाल सरकारका शिक्षा तथा बिज्ञान प्रबिधी मन्त्री गिरिराजमणी पोख्रेलको प्रमुख आतिथ्यतामा आयोजित साक्षर जिल्ला घोषणा कार्यक्रममा संघिय साँसद माननिय राजेन्द्र गौतम लगायत प्रदेश साँसद, जिल्ला स्थीत नगरपालीका र गाउँपालीकाका प्रमुख उपप्रमुख, जिल्लाका बिभिन्न बिद्यालय, राजनितिक दल, सुरक्षा निकाय, बिभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी र स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।
खाँदबारीको देवकोटा चोकबाट बिभिन्न र्याली र झाँकि सहित नगरपरिक्रमा गर्दै टुँडीखेलमा बृहत सभाको आयोजना गरि संखुवासभालाई साक्षर जिल्ला घोषणा गरिएको थियो । साक्षर जिल्ला घोषणा स्मारिकाको अनावरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी शिक्षा तथा बिज्ञान प्रबिधी मन्त्री गिरिराजमणी पोख्रेलले मुलुक अहिले संघिय संरचनामा गैसकेकाले प्राबिधिक र ब्यवहारिक शिक्षा नितिलाई प्रभावकारी बनाउन प्रदेश स्तरमा शिक्षक सेवा आयोग गठनको तैयारी गरिएको जानकारी दिनुभयो ।
वहाँले सामुदायिक बिद्यालयको गुणस्तर अभिबृद्धिका लागि बिद्यालय मर्जिङ्ग गर्न आवश्यक भएकोमा जोड दिँदै सरकारले बिद्यालय मर्जिङ्गलाई प्रोत्साहन गर्न केहि दिन भित्रै नयाँ कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभएको छ । पहुँच बढाउन तल्लो तहसम्म पुर्याउन दक्ष जनशक्ति र संरचना निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै शिक्षालाई बढि बैज्ञानिक र ब्यवहारिक वनाउन सामुदायिक बिद्यालयको भौतिक सुधार, शिक्षकको क्षमता अभिबृद्धि र शैक्षिक सवलीकरणमा जोड दिन आवश्यक रहेको बताउनु भएको थियो ।
देशका दुर्गम क्षेत्रमा समेत शिक्षामा सहज पहुँच बढाउन सरकारले बिभिन्न प्रोत्साहनका कार्यक्रमहरु अघि बढाएको बताउँदै शिक्षा क्षेत्रको ९० प्रतिशत अधिकार स्थानीय तहलाई प्रदान गरिएकाले शैक्षिक सुधारका लागि स्थानीय निकाय थप जिम्मेवार बन्न अवश्यक भएको धारणा राख्नुभएको थियो । सिंगो देशलाई पुर्ण साक्षर घोषणा गर्ने अन्तिम तैयारीमा सरकार लागिरहेको जानकारी दिनुभएको थियो । अरुण भ्याल्ली भित्रै योगमायाँ आयुर्वेद बिश्व बिद्यालय स्थापना गर्न आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता समेत जनाउँदै वहाँले यसै क्षेत्रमा योगमायाँ आयुर्वेद बिश्व बिद्यालय स्थापना गर्न राष्ट्रिय सभासम्म प्रस्ताव पुगेको जानकारी दिनुभएको थियो ।
साक्षर जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै संघिय साँसद माननिय राजेन्द्रप्रसाद गौतमले प्राबिधिक र ब्यवहारीक शिक्षा नितीले मात्र सरकारले भन्ने गरेको सुखी नेपाली र संबृद्ध नेपालको सपना साकार हुने बताउँदै प्राबिधिक शिक्षामा जोड दिनु आवश्यक रहेको धारणा राख्नुभएको थियो । साक्षर संखुवासभा घोषणा कार्यक्रमका सभापति एवं जिल्ला समन्वय प्रमुख सुमन शाक्यले अहिले पनि शिक्षा क्षेत्रमा बिकृति र बिसंगतिको अन्त्य भैनसकेको भन्दै शिक्षामा सहज पहुँचका लागि थप निति तथा कार्यक्रम आवश्यक भएकोमा जोड दिनुभएको थियो ।
प्रतिक्रिया