सङ्खुवासभाः ९९ क्वारेन्टाईन, २० आईसोलेन



खाँदबारीमा तयारी अवस्थामा राखिएको ४० शैयाको क्वारेन्टाईन वार्ड ।

सङ्खुवासभा । सङ्खुवासभामा कारोना भाईरसको सम्भावित जोखिमबाट बच्न पुर्व तयारी तिब्र बनाईएको छ । प्रत्येक स्थानीय तहले क्वारेन्टाईन र आईसोलेसनको ब्यवस्था गरेको छ ।

कोरोना संक्रमित ब्यक्तित आफ्नो क्षेत्रमा प्रवेश नगराउने भन्दै प्रत्येक स्थानीय तहहरुले प्रत्येक नाकामा हेल्थ डेस्कको ब्यवस्था गरेको छ । हेल्थ डेस्कमा स्वास्थ्य परिक्षण गरि संकास्पद पाईए क्वारेन्टाईनमा राखिने र संक्रमित पाईए आईसोलेसनमा राख्न प्रत्येक स्थानीय तहहरुले ब्यवस्था गरेको छ । दश स्थानीय तहहरु भएको सङ्खुवासभामा हालसम्म सभापोखरी गाउँपालिका बाहेकका स्थानीय तहहरुमा यस्तो वार्डको ब्यवस्था गरिएको छ । हालसम्म सङ्खुवासभामा ९९ बेडको क्वारेन्टाईन र २० वेडको आईसोलेसन वार्ड तयार गरिएको स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ ।

सवैभन्दा बढी खाँदबारी नगरपालिकामा ४० वेडको क्वारेन्टाईन बनाईएको छ भने १३ बेडको आईसोलेसन वार्ड तयार गरिएको छ । त्यस्तै, चैनपुर नगरपालिकामा १० बेडको क्वारेन्टाईन र २ बेडको आईसोलेसन वार्ड बनाईएको छ । धर्मदेवी नगरपालिकामा ६ बेडको क्वारेन्टाईन बनाईएको छ भने आईसोलेन वार्ड बनाईएको छैन । मादी नगरपालिकामा दुई क्वारेन्टाईन बनाईएको छ भने आईसोलेसन बनाईएको छनै । पाँचखपन नगरपालिकामा दश बेडको क्वारेन्टाईन र दुई बेडको आईसोलेसन बनाईएको छ । त्यस्तै, सिलिचोङ गाउँपालिकामा ४ बेडको क्वारेन्टाईन र २ बेडको आईसोलेसन वार्ड बनाईएको छ । चिचिला गाउँपाकिामा १५ बेडको क्वारेन्टाईन बनाईएको छ भने आईसोलेसन वार्ड तयार गरिएको छैन । मकालु गाउँपालिकामा क्वारेन्टाईन ८ र आईसोलेन वार्ड एक बेडको बनाईएको छ भने भोटखोला गाउँपालिकामा दुई बेडको क्वारेन्टाईन वार्ड तयार गरिएको छ । यसरी तयार गरिएको क्वारेन्टाईन एकान्त ठाउँमा बनाईएको छ भने आईसोलेसन स्वास्थ्य केन्द्रमा बनाईएको छ ।

यसैविच, सरकारले जारी गरेको लक डाउनलाई जिल्लावासीहरुले पुर्ण रुपमा पालना गरेका छन् । जिल्लाका नागरिकहरु अत्यावश्यक बाहेकका काममा बाहिर निस्केका छैनन । बजार पसल बन्द गरेर घर भित्रै बसेका छन् । जिल्लाको विकास योजनाका काम तथा कार्यक्रमहरु ठप्प पारिएको छ । बहुप्रतिक्षित अरुण तेश्रोको काम समेत रोकिएको छ । यहाँ काम गर्ने मजदुरहरु समेत घरभित्रै राखिएको छ ।

बाहिरबाट सङ्खुवासभा भित्रिएकाहरुलाई विशेष निगरानीमा राखिएको छ । मुख्य गरि देश बाहिरबाट आएकाहरुलाई निगरानीमा राखिएको विपद ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताउनुभयो । बाहिरबाट आएकाहरुको पहिचान गरि उनीहरुलाई सेल्फ क्वारेन्टाईनमा बस्न लगाईएको दुलालको भनाई छ । चैत ६ गते दुवईबाट घर आएका चैनपुर नगरपालिका ६ का एक जनालाई क्वारेन्टाईनमा राखिएको र कोरोना परिक्षणको लागि ‘स्वाप’ केन्द्र पठाई सकिएको दुलाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार