ताम्कु । कोरोना भाईरसको कारण लक डाउन गरिएपछि सिलिचोङ गाउँपालिकाले हालै खाद्यन्न राहत बाड्यो । विषेश गरि दैनिक ज्याला मजदुरी गरेर खाने ३ सय ९५ परिवारलाई गाउँपालिकाले चामल सहितको खाद्यन्न राहत बाडेको हो ।
स्थानीय सरकारले राहत बाँड्दै गर्दा मापडण्ड भित्र नपरेर राहत नपाएका तर विपन्न चार एकल महिलाहरुलाई सिलिचोङ गाउँपालिका वडा नम्बर ३ का उमेश चाम्लिङले खाद्यन्न राहत उपलब्ध गराउनुभएको छ । चाम्लिङले ब्यक्तिगत खर्चमा सिलिचोङ गाउँपालिका ३ ताम्कुको शिभा गाउँका चार जनालाई खाद्यन्न राहत प्रदान गर्नुभएको हो । राहत पाउनेहरुमा चत्तुरमाया, रामकुमारी, पञ्चमाया र पवित्रा कुलुङ रहेका छन् । उनीहरुलाई प्रतिब्यक्ति १५ किलोग्राम चामल सहित तेल, नुन, चिनी र चियापत्ती वितरण छ । उनीहरु चारैजना एकल महिला रहेको स्थानीय उर्मिला कुलुङले बताउनुभयो । उहाँका अनुसार राहत पाउनेहरुको अन्य परिवारका सदस्यहरु भएपनि हाल उनीहरु छुट्टै बस्दै आएका छन् ।
राहत पाउनेहरुको बिवरण संकलन गर्ने क्रममा उनीहरुलाई पनि राहत आवश्यक रहेको पत्ता लागेको तर मज्दुरीमा आवद्ध नभएकोले राहतको कार्यविधि भित्र नपरेपछि उनीहरु बञ्चित भएका थिए । शिभाका चार जनालाई राहतको अत्यावश्यक रहेको सुनेपछि आफैले स्थलगत अनुगमन गरेर आफ्नै खर्चमा खाद्यन्न राहत उपलब्ध गराएको राहत दाता चाम्लिङले ईमकालु अनलाईनलाई बताउनुभयो । ‘गाउँमै पुगेर हेरेको, ठुलै समस्या रहेछ, थोरै भएपनि सहयोग पुग्छ भनेर सहयोग गरें’, चाम्लिङले भन्नुभयो । विपदको समयमा सवैले थोरै थोरै सहयोग गरे कोही पनि भोकै बस्नु नपर्ने बताउनुहुँदै समस्यमा परेका छिमेकिलाई सहयोग गर्न समेत चाम्लिङले अनुरोध गर्नुभयो ।
चाम्लिङले ढुवानी सेवा सञ्चालन गर्दै आउनुभएको छ । विगत केही बर्षदेखि ट्याक्टरबाट विभिन्न ठाउँमा सामान ढुवानी गर्दै आउनुभएको छ । उहाँ नेपाली कांग्रेस सिलिचोङ गाउँ कार्य समितिमा आवद्ध समेत हुनुहुन्छ ।
प्रतिक्रिया