खाँदबारी । हेलिकप्टरबाट उद्धार गरि काठमाण्डौ पुर्याईएकी सुत्केरीको मृत्यु पश्चातको सम्पुर्ण खर्च नेपाली काँग्रेसका नेता तथा पुर्वराज्यमन्त्री दिपक खड्काले ब्यहोरेका छन् ।
संखुवासभाबाट शुक्रबार सेनाको हेलिकप्टर मार्फत उद्धार गरि उपचारका लागि काठमाण्डौ पुर्याईएकी खाँदबारी ६ कि सुत्केरी महिला गंगा कार्कीको सोहि दिन उपचारकै क्रममा थापाथली प्रसुतिगृहमा मृत्यु भएपछि परिवारलाई दाहसंस्कार लगायतमा आर्थिक समस्या परेको थियो । मृतक गंगा कार्कीको आईतबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । पुर्वराज्यमन्त्री खड्काले मृतक सुतकेरी कार्कीको अन्तेष्टीमा लागेको सम्पुर्ण खर्च, उपचारको क्रममा काठमाण्डौ पुगेका आफन्तजनलाई घर फर्कनका लागि बाटो खर्च र यातायात साधन समेतको ब्यवस्था गरिदिएको नेपाली काँग्रेसका जिल्ला सभापति दिपन कुमार श्रेष्ठले जानकारी दिए ।
खाँदबारी नगरपालीका वडा नं. ६ पांठाका ६ हप्ताकी सुत्केरी गंगा कार्कीको स्वास्थ्य अवस्था गंभिर बनेपछि उनलाई शुक्रबार साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ स्थीत थापाथली प्रसुति गृह पुर्याईए पनि शुक्रबार राती करिव १० बजे उनको मृत्यु भएको थियो । सुत्केरी ब्यथा लागेपछि गत चैत्र ४ गते खाँदबारी अस्पताल भर्ना भएकी उनलाई प्रसुतिमा समस्या भएपछि सुबिधा सम्पन्न अस्पताल मानिएको बिराटनगर स्थित नोवेल हस्पीटलमा रिफर गरिएको थियो । नोवेल हस्पिटलमा उनले स्टिल बर्थ अर्थात उनले मृत शिसुलाइ जन्म दिएपछि उनको स्वास्थ्य गंभिर अवस्थामा पुगेको बताईएको छ ।
बिपन्न परिवारिक अवस्थाका कारण उनको जिवन बचाउनका लागि २ लाख बढि खर्च गरिसक्दा समेत कुनै सुधार नआएपछि खर्च अभावमा उनलाई परिवारले घर फर्काउन बाध्य भएको थियो । प्रसव पिँडामा रहेका उनको स्वास्थ्य अवस्था थप गंभिर र जटिल बन्दै गएपछि उनलाई पुन संखुवासभाको सदरमुकाम स्थित खाँदबारी अस्पतालमा भर्ना गरिएको थियो ।
बेहोस अवस्थामा रहेको ६ हप्ताकी सुत्केरी उनको स्वास्थ्यमा कुनै सुधार नआएपछि ३२ बर्षिया उनलाई राष्ट्रपति सुत्केरी उद्धार कार्यक्रम अन्तरगत सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाण्डौ स्थित थापाथली प्रसुति गृह पुर्याईएकोमा गत शुक्रबार उपचारकै क्रममा उनको मृत्यु भएको थियो । दुई सन्तानका आमा मृतक गंगा कार्कीका श्रीमान भने करिव १ बर्ष अघि बैदेशीक रोजगारीका लागि बिदेश गएका छन् ।
प्रतिक्रिया