संखुवासभाका ३ कोरोना संक्रमित उपचारपछि घर फर्किए




खाँदबारी । कोरोना भाईरस संक्रमित भई आईसोलेसनमा उपचाररत ३ जना घर फर्किएका छन् । खाँदबारी ७ नयाँ बजारमा रहेको हिमालय किरण पब्लिक क्याम्पसमा बनाईएको आईसोलेसनमा उपचार गरिएको तीन जनालाई शुक्रबार डिस्चार्ज गरिएको हो ।

धर्मदेवी नगरपालिकाको पिलुवा क्वारेन्टिनबाट ल्याईएको २ र जिल्ला प्रहरी कार्यालयको क्वारेन्टिनबाट ल्याईएको एक जना गरि तीन जनाको कोरोना परिक्षण गर्दा नेगेटिभ आएपछि घर फर्काईएको जिल्ला अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले जानकारी दिनुभयो । उनीहरु घर गएपछि केहि दिन होम आईसोलेसनमा बस्नु पर्ने समेत श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार