खाँदबारी ।संखुवासभामा आज थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय संखुवासभाका प्रबक्ता रोशन श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालयका २२, २२, २३, २५, २७ र ४१ बर्षका ६ जना पुरुषमा कोनोना संक्रमण भएको भने प्रहरी कार्यालयकै क्यान्टिनमा कार्यरत २२ वर्षिया महिलामा पनि कोरोना संक्रमण भएको हो । त्यस्तै कोरोना संक्रमण पुष्टि हुनेमा खाँदबारी क्वारेन्टाईनमा रहेका २० र २६ वर्षका पुरुष रहेको छन् । क्वारेन्टाईनमा रहेका उनिहरु एक साता अघि बुटवलबाट आएका हुन् ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमीतलाई खाँदबारी स्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आसोलेसनमा सार्ने तयारी भईरहेको छ । कोरोना भाईरस समुदाय स्तरमा फैलिएको हुनाले संक्रमितका सम्पर्कमा आउएकाहरु लगायत सबैले स्वास्थ्य मापदण्ड अपनाएर मात्र घर बाहिर निस्कन तथा जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको निषेधाज्ञा पुर्ण रुपमा पालना गर्न स्वास्थ्य कार्यालयका प्रमुख बाह्रकोटीे भनेका छन् । यसअघि १७ जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु मध्ये ८ जना उपचार पछि घर फर्किसकेका छन् भने ९ जनाको खाँदबारी स्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आसोलेसनमा उपचार भईरहेको छ ।
प्रतिक्रिया