सातटारे उर्फ दुखी डाँडाः जथाभावी फोहोर फालेर कुरुप बनाईदै (फोटो सहित)



खाँदबारी । पछिल्लो समय रिफ्रेस पोईन्ट बन्दै गएको चैनपुर नगरपालिकामा पर्ने साटटारेको चौरमा दिनहु मानिसहरु पुग्ने गरेका छन् । अरुण नदिको डिलमा रहेको दुखी डाँडा समेत भनिने यहाँ युवा युवतीदेखि बुढाबुढीहरु समेत जाने गरेका छन् ।

विशेष गरि यहाँ खाँदबारी, तुम्लिङटार, भोजपुर लगायतका मानिसहरु जाने गरेका छन् । सवारी साधनबाट सहजै पुग्न सकिने भएकाले पछिल्लो समय दैनिक सय भन्दा बढी मानिसहरु यहाँ पुग्न थालेका हुन् । समुह बनाएर पिक्निक खान समेत जाने गरेका छन् ।

दैनिक सय बढी पुग्ने यहाँ फोहोर ब्यवस्थापन नहुँदा यो चौरको सौदर्य हराउने सम्भावना बढ्दै गएको छ । त्यहाँ पुग्नेहरुले जथाभावी फोहोर फाल्ने र सफा नगरेका कारण कुरुप बन्न थालेको छ । जङ्फुडका प्लाष्टिकहरु र पानीका बोत्तल मात्र नभएर मदिरा जन्य पेय पदार्थका सिसाको बोत्तल जथाभावी छोडिदा चौरमा फोहोर बढ्न थालेको छ । चौरको मध्यभागमा नै छोडिएको सिसाको बोत्तल फुटेर असुरक्षित बन्दै गएको छ । पिकनिक खानेहरुले पनि चौरको विच भागमा नै आगो बाल्ने, बालेको दाउराका टुक्राहरु यत्रतत्र छोडिने र चुला समेत ब्यवस्थापन नगर्दा चौर कुरुप बन्दै गएको हो ।

चौरको माथिल्लो भागमा खनजोत गरेर बाली लगाईएपछि खुम्चिएको चौरको तल्लो तलामा पनि फोहोर ब्यवस्थापन नहुँदा चौरको सौदर्य गुम्ने खतरा बढेको छ ।

 

सम्बन्धित समाचार