महाकुलुङका स्वास्थ्य संस्थालाई द पार्टनर्स नेपालद्वारा स्वास्थ्य सामाग्री सहयोग



सोलुखुम्बु । गैरसरकारी संस्था द पार्टनर्स नेपालले महाकुलुङ गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेका छ । नेपालले महाकुलुङका ७ स्वास्थ्य संस्थालाई ४ लाख ५० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेको हो ।

महाकुलुङ प्राथमिक अस्पताललाई ३ थान अक्सिजन कन्सन्ट्रेटर, ३ थान स्टेब्लाइजर, ५ लिटर सेनिटाइजर र ४ सय थान ग्लोभ्स प्रदान गरेको छ । यस्तै, छेस्काम र गुदेल स्वास्थ्य चौकी, पेल्माङ, खिरौले, मामेर्कु, तुमाउ, निम्चोला स्वास्थ्य ईकाईलाई ५ कार्टन लाइफबोइ साबुन, ग्लोभ्स, सेनिटाइजर स्प्रे लगायतका अति आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरेको हो । कोरोना माहामारीको समयमा फ्रन्ट लाईनमा सेवा गर्नेहरुको सुरक्षाको लागि उक्त सामग्रीहरु वितरण गरिएको संस्थाका कोषाध्यक्ष भलाकाजी कुलुङले जानकारी दिनुभयो ।

महाकुलुङ गाउँपालिकाको अनुसार ९ सय जनाको कोरोना परिक्षण गर्दा ८४ जना संक्रमित पाईएको थियो । हाल सगरमाथा माविमा पालिकाले बनाएको आईसोलेसनमा ५ जना संक्रमित रहेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो । उनीहरुको अवस्था सामान्य छ ।

सम्बन्धित समाचार