संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नं. १ सिसुवाखोलामा पहिरोले घर भत्काएको छ । गए राती तेन्छोङ टोलमा घर भन्दा माथीबाट पहिरो खसेपछि छत्तिस कुमार कुलुङको घर भत्किदा १ जना घाईते भएका छन् ।
राति करिव १ बजेतिर पहिरो जाँदा ८० बर्षिय छत्तिस कुमार कुलुङ, उनका श्रीमति ८३ बर्षिया सुखमाया कुलुङ र उनका नातिनी भागरेर बाँच्न सफल भएको स्थानीय फाकेन कुलुङले जानकारी दिए ।
विरामीको स्थानीय स्वास्थ्य ईकाईमा उपचार भई रहेको उनको अनुहारमा चोट लागेकोे छ । लगातार ४ दिनदेखि परेको अबिरल बर्षाका कारण पहिरोको जाखिम बढेको हो ।
प्रतिक्रिया